त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्यवाहक महाप्रबन्धमा शेर्पा,गौतम बुद्धमा शाह


काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्यवाहक महाप्रबन्धको जिम्मेवारी रिन्जी शेर्पाले पाएका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको आरोपमा महाप्रबन्धक हंशराज पाण्डेय विरुद्ध पनि मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि पाण्डेय निलम्बनमा परेका थिए ।

पाण्डेयका निलम्बनपछि एयरपोर्ट अपरेसन डिपार्टमेन्ट प्रमुख शेर्पालाई कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी दिइएको हो । यस्तै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमित्त प्रमुखको जिम्मेवारी श्यामकिशोर शाहले पाएका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक बाबुराम गौतम पनि पोखरा बिमानस्थलको भ्रष्टाचार काण्डमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए ।