अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न एक ट्याक्टर स्याङ्जाकाे भीरकाेटबाट नियन्त्रणमा


स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार-पसार गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाका आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले आज दिउँसो करिव ३:३० बजे भीरकोट नगरपालिका वडा नम्बर ४ स्थित आँधिखोलाबाट अवैध रूपमा ढुङ्गा लोड गर्दै ओसार-पसार गरिरहेको ट्याक्टर (नम्बर ग. १ त. ६०९३) नियन्त्रणमा लिएको हो।

प्रहरीले आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।