काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई जना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा रहेका छन् ।
प्रहरीकाअनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले २०८२ साल मङ्सिर २३ गते साँझ करिव ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक इभि गाडीलाई कानूनी रित पु¥याई जाँच गरेको थियो ।
जाँचको क्रममा दुई जना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङ्गको सुटकेसभित्र लुकाइ छिपाइ राखिएको ६० हजार ५ सय ३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
थप अनुसन्धान पश्चात, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने स्थानबाट सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएको थियो । यसरी सो कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद भएको लागुऔषधको कुल सङ्ख्या ७६ हजार १ सय ७० पिस ट्याब्लेट रहेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० का युवराज पटेल र वर्ष २१ का अफजल देवान छन् । अन्य पक्राउ पर्नेहरूमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ का रामहरि मगर र सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ का राजकुमार मगराती रहेका छन् ।
पक्राउ परेका निजहरू विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रहरी प्रमुख सुदिपराज पाठकले बताउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्