काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि सार्वजनिक गरेको विवरणअनुसार देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। यसले अधिकांश स्थानमा दैनिक जनजीवन र आवागमन सहज रहने देखिन्छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य भू–भागमा भने मौसम प्रायः सफा नै रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले हालको मौसम अवस्था सामान्य रहेकाले तत्काल कुनै विशेष सतर्कता आवश्यक नपर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्