एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन स्थलमा चहलपहल सुरू


काठमाडाैँ। नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरमा चहलपहल बढेको छ । 
महाधिवेशनको उद्घाटन सत्र शनिवार दिउँसो हुँदैछ । बन्द सत्र काठमाडौँमा आयोजना हुने तयारी छ । पार्टीले उद्घाटन सत्रमा करिव ३ लाख सहभागी जुटाउने दाबी गरेको छ ।

देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरू भक्तपुरतर्फ आउने क्रम जारी छ । गठ्ठाघर र जगातीबाट ठूला ¥यालीहरू आयोजना गरी सहभागीहरू स्थलतर्फ जाँदैछन् । स्थलमा मल्ल शैलीको भव्य मञ्च निर्माण गरिएको छ । २ सय भन्दा बढी सांस्कृतिक झलकहरू प्रस्तुत हुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

महाधिवेशनमा राष्ट्रिय एकता, सांस्कृतिक गौरव र संगठनात्मक शक्तिको सन्देश प्रवाह गर्ने पार्टीको लक्ष्य छ । उद्घाटनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल लगायत १६ राजनीतिक दलका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

१० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी शान्तिपूर्ण र व्यवस्थित बनाउने तयारी छ । महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ जसमा नयाँ नेतृत्व चयन मुख्य एजेण्डा रहनेछ । अहिले सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन भइरहेका छन् ।