जीवन विकास लघुवित्तको लाभांश घोषणा


काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।

पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।