लक्ष्मी लघुवित्तले लाभांश नदिने


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । कम्पनीले गत अािर्थक वर्षको लाभांश सञ्चित गर्ने निर्णय गरेपछि सेयरधनीको हात खाली हुने भएको छ ।

संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको १९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकबाट आर्थिक वर्ष २०८१र८२ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको छ ।

लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात मात्रै साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ ।