२२ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य


काठमाडाैँ । आइतबार छापावाल सुनकाे मूल्य २ हजार २०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ५६ हजार ६०० रूपैयाँमा किनबेच भएको छापावाल सुन आज २ लाख ५८ हजार ८ सय रूपैयाँ पुगेको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य प्रतितोला ८० रूपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।