काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार कुमारी बैंकको प्रोमोटर सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड १८ लाख ५५ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।
आइतबार २ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको दिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सिटी होटलका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ६.२६ प्रतिशतले घटेको छ ।
कुल ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्