मन्त्रालयमै जेनजी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी


काठमाडाैँ । अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् ।

मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतवार भएको छलफलमा उनले यस्तो बताएका हुन् । मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

जेनजी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिदैँ मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरे । उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिवद्धता पनि जनाए ।

उनले प्रधानमन्त्रीले सुशिला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिए । आफ्नो पहिलो प्राथमिकतामा नै जेन–जी हुने उनकाे भनाइ छ ।