सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ करोबार ?


काठमाडाैँ । साेमबार छापावल सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साेमबार छापावाल सुनकाे मूल्य ताेलामा एक हजार ९०० रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला २ लाख ५८ हजार ८०० रूपैयाँमा काराेबार भइरहेकाे छापावाल सुनकाे मूल्य साेमबार २ लाख ६० हजार ७०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै, चाँदीको मूल्य प्रतिताेला ४५ रूपैयाँले बढेर ३ हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ ।

पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ ।