काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभइ मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उनले बताए ।
छानीछानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ । उनले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको बताए ।
“सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादीत मान्छेहरू आएका छन् । केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन्,”उनले भने ।
उनले काँग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनको लागी हाल क्रियाशिल सदस्य नविकरण र वितरणको काम भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्