सोमबार झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ४४ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार न्याग्दी ग्रुपको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड २५ लाख ६८ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।

सोमबार २ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज हिमस्टार उर्जाका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ६.९५ प्रतिशतले घटेको छ ।

कुल ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।