काठमाडाैँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
उनकाअनुसार आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठ नियुक्त भए। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको बताए।
मन्त्री खरेलले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको बताए । संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य छन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको बताए ।



प्रतिक्रिया दिनुहोस्