काठमाडौँ । कर्मचारीहरूलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको ज्योति विकास बैंकले जनाएको छ ।
रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्नका लागि टेलिफोनबाट कुराकानी भए बमोजिम विकास बैंकको क्षेत्रीय कार्यालय बर्दिबासका २ जना कर्मचारीहरु कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा ऋणीसँग छलफल गर्न गएका थिए ।
कर्मचारीहरुलाई फर्म रहेको स्थानमा ऋणी प्रा.लि.का संचालक, परिवारका सदस्य तथा सहयोगीहरूले छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको उल्लेख गरिएको छ ।
बैंकका अनुसार सुनियोजित ढंगबाट घण्टौंसम्म नियन्त्रणमा लिएर बहालवाला उपमेयर समेतको संलग्नता रहेको छ ।
“कर्मचारीहरूलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रूपमा तत्काल केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहिन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको सम्पुर्णमा जानकारी गराउँदछौं,” बैंकले भनेको छ ।
“ज्योति विकास बैंक नियामक निकाय नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन, नियमको पालना गर्दै बैंकिग ब्यवसाय गर्ने राष्ट्रिय स्तरको विकास बैंक रहेको र यसका कर्मचारीहरु उक्त ब्यवसाय सञ्चालन गर्ने साधक हुन्। सोही ब्यवसायिक दायित्व पालनाका क्रममा भएको यो घटना निकै नै दुर्भाग्यपुर्ण छ,” बैंकले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्