काठमाडौँ-१ मा काँग्रेसले गर्‍याे आचार्यकाे नाम सिफारिस


काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर-१ को प्रत्यक्षतर्फबाट युवा नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आचार्यको नाम प्रकाशमान सिंहसँगै सिफारिस भएको हो ।

नेपाली काँग्रेस क्षेत्र नं.१ बाट नेता आचार्यको नाम जिल्लामा सिफारिस भएर आएको काठमाडौF जिल्ला सचिव ईन्द्र थापाले बताए । सभापति रविन्द्र विक्रम राणाले क्षेत्रको बैठकको निर्णय अनुसार प्रत्यक्ष, समानुपातिक, राष्ट्रियसभामा बिभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेका हुन्।

आचार्य समाजलगायत बिभिन्न संघसंस्थाहरुबाट समाजसेवामा संलग्न नेता आचार्यलाई आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका हुन् । आचार्यले पत्रकारीता र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

गिरिजा प्रसाद कोईराला, शुसील कोईरालासँग समीपमा रहेर अढाई दशकदेखी नेपाली काँग्रेसमा रही सक्रिय आचार्य पार्टीभित्र गुट उपगुटन्दा पनि लोकतन्त्र, देश र जनताका लागि असल भएको नेपाली काँग्रेसलाई आगामी निर्बाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्ने भन्ने धारणा राख्ने गरेका छन् ।

अधिकाँस नेपाली काँग्रेस नेताहरुले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न नसकिने बताउँदा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने र मुलुक विकासको पहिलो काम नै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने भएको उनको दाबी छ ।

समानुपातिक, प्रदेश संरचना, जातीय राजनीति खारेज गर्नुपर्ने उनको तर्क छ । नेपाली काँग्रेसले टिकट दिनैपर्ने नेता भएको तर्कहरु सामाजिक सञ्जालमार्फ विश्वभर बस्ने नेपालीहरबाट नेता आचार्यलाई दबाब आउन थालेको छ ।

जेनजी आन्दोलनपछि मनोवल घटेका शीर्ष नेताहरुलाईसमेत मिलाएर लाने क्षमता राख्ने नेता आचार्यले टिकट पाउनु असम्भव नभए पनि नेपाली काँग्रेसका संस्थापक समेत रहेका सन्त नेता, पुर्व सभापति स्व.कृष्ण प्रसाद भट्टराईलेसमेत प्रतिष्पर्धा गरेको काठमाडौं क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फबाट टिकट पाउनु चुनौती पूर्ण भने छ।

आचार्यको सुनसरी क्षेत्र नम्बर ४ ले समानुपातिकमा नाम पठाएको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए । सभापति भण्डारीले नेता आचार्य जनताको काम गरेका नेता भएकोले नाम पठाईएको दाबीसमेत गरेका छन् ।