काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आव २०८१/८२ का लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्