काठमाडाैँ । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी छन् । आफूहरूको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताएकाे आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए। आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएकाे अध्यक्ष कार्कीले बताए ।
“हाम्रो म्याद सकिन लाग्यो । काम अझै बाँकि छ । हामी प्रधानमन्त्रीज्युसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना हामीलाई थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढि त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिष्ट पठाएन । त्यसकारण काम गर्न ढिलाई भयो । त्यसकारण एक महिना थप्नु प¥यो भन्यौ । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो,” उनले भने ।
आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । कार्यादेशअनुसार बाँकि कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्