एमाले ११ औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र आयोगका पदाधिकारीसहित ३६ जनाले भाेट हालेनन्


काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदान प्रक्रियामा ३६ जना सहभागी हुन अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा केन्द्रीय कमिटीका नेता, विभिन्न आयोगका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरूसमेत रहेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीबाट ६ जना मतदानमा सहभागी भएनन् । अनुपस्थित हुने केन्द्रीय कमिटी सदस्यहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरि बहादुर राजवशी रहेका छन् ।

अनुशासन आयोगतर्फ पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील) मतदानमा सहभागी भएनन् । आयोगका अनुसार प्रदीप प्याकुरेल मतदानस्थलमा उपस्थित भए पनि मतदाता कार्ड नहुँदा मतदान गर्न नपाएको जनाइएको छ ।

त्यस्तै, निर्वाचन आयोगबाट समिर नेपाल र रचना राजोपाध्याय, लेखा आयोगबाट अशोक केसी अनुपस्थित रहेका छन् । विभिन्न विभागबाट धनश्याम कोइराला र संजीव रोकाहा मतदानमा सहभागी भएनन् ।

महाधिवेशन प्रतिनिधितर्फ २० जना मतदानमा अनुपस्थित भएका छन् ।

अनुपस्थित प्रतिनिधिहरूमा झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधन प्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अशु आनन्द र मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी, दानबहादुर बिक, बब्लु शिवाकोटी, प्रवासकी सिर्जना नेपाली, अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली रहेका छन् ।