काठमाडाैँ । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त रकम योगदान गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको २० लाख रुपैयाँ बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन्।
कोषमा गरिएको योगदानप्रति नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रको यस्तो सहयोगले पुनर्निर्माण र पुनरुत्थानका प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्