काठमाडौँ। नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल विजयी भएको छ।
अन्तिम मतपरिणाम अनुसार सचिवमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन्। उनले १५४४ मत पाए।
त्यस्तै, पद्माकुमारी अर्याल र शेरधन राईले समान रूपमा १५३० मत प्राप्त गरेका छन्।
छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन्।
ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा रहेका छन् । उनले १०३० मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्