काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ७२ लाख ३४ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।
बिहीबार २ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको दिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बाराही हाइड्रोपावरका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्