शुक्रबार २ हजार रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ६० हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ५८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेर ४ हजार ५ रूपैयाँ कायम भएको छ ।