काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन भएको सालपा विकास बैंक लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरिएको साधारण शेयर बाँडफाँट गरिएको हो ।
६७ हजार ६५५ जनाको आवेदन परेको भएपनि ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ जनाइएको छ । अन्य आवेदन रीतपूर्वक नरहेकोले रद्द गरिएको उल्लेख गरिएको छ ।
१७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने ८ जनाले थप १ १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्