एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा


काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । बैंकको आज बसेको सञ्चालक समिति बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व अग्रवालको रहेको छ ।

यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि राजीनामा दिएका थिए ।