सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छः सञ्चारमन्त्री खरेल


काठटमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।

मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरूसँग सरकारले सहकार्य गर्ने बताएका हुन् ।

उनले अनलाईन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको पनि बताए ।उनले न्यु मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको पनि बताए । न्यु मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजिकरण, तालिम, पुरस्कार लगायतका व्यवस्था सरकारले गर्ने बताए ।

उनले नयाँ प्रविधि र अवधारणसहित सञ्चालनमा आएका युट्युव च्यानल, अनलाईल टेलिभिजनलाई सरकारले पनि सहयोग गर्न आवश्यक नीति बनाउन लागेको पनि जानकारी दिए ।