सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रूपैयाँ रहेको छापावाल सु्नको मूल्य सोमबार २ लाख ६१ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १३० रूपैयाँले बढेर ४ हजार २३५ रूपैयाँ कायम भएको छ ।