नेप्से १३ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ३० लाख ८९ हजार रूपैयाँ बढिको कारोबार भएको हो ।

आजको दिन एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ ।

कुल ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।