काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ का लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ ।
प्रस्तावित उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्