काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश नदिने घोषणा गरको छ । बैंकले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्दै सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।
पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको बैंकले जनाएको छ ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनैपनि लाभांश वितरण नगर्ने र सोही बमोजिम राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्