कर्जा प्रवाह प्रभावकारी बनाउन ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ कार्यक्रम सुरु गर्न सुझाव


काठमाडौँ । बैंकिङ क्षेत्र सुधार सुधार सुझाव कार्यदल, २०८२ ले ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ भन्ने कार्यक्रम सुरु गर्न सुझाव दिएको छ । ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा राष्ट्र बैंकले ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ भन्ने कार्यक्रम सुरु गर्न सुझाव दिएको हो ।

यस्तै, प्रत्येक महिना एक दिन गभर्नर स्वयम् कुनै ग्रामीण क्षेत्र (हिमाल, पहाड र मधेश÷तराई) भ्रमण गरी त्यहाँको आर्थिक सम्भावना, कर्जाको माग र बैंक तथा वित्तीय संस्थाको कर्जालगायत अन्य सेवाको बारेमा सरोकारवालासँग अन्तरक्रिया गर्ने र सोका आधारमा नीति नियममा आवश्यक परिमार्जन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

राष्ट्र बैंकले इच्छुक पालिकासँग मिलेर वित्तीय गुरु नियुक्त गर्ने (एक सफल व्यवसायी, एक एनआरएन र एक बैंकरको टीम) र यो टिमले सो पालिकाको सुक्ष्म अध्ययन गरी परम्परागत कृषि नभई उच्च मूल्य हुने कृषि लगायत अन्य वस्तु तथा सेवा उद्योगको सम्भावना पहिचान गरेर त्यसको सफल स सोको सफल सञ्चालनका लागि सहयोग गर्नुपर्ने जनाएको छ ।

प्रत्येक पालिकामा कम्तीमा एक हप्ताको उद्यमशीलतासहितको वित्तीय साक्षरता कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्ने ।
र घरजग्गा धितोमा कम जोड तथा नगदप्रवाहमा बढी जोड दिनेतर्फ बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।