काठमाडाैँ । नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसार–पसार नियन्त्रणका लागि गरिएको चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब १:३० बजे सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–४ छाङछाङ्दी क्षेत्रमा चेकजाँच गर्ने क्रममा नदिजन्य पदार्थ बालुवा ओसार–पसार गर्दै गरेको ट्याक्टर फेला पारेको हो।
लु.३ त. ४८९२ नम्बरको उक्त ट्याक्टर आवश्यक कागजातबिनै बालुवा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टरमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।



प्रतिक्रिया दिनुहोस्