बालेनलक्षित ओलीको टिप्पणीः देशमा चर्चित भनिएका नै नसामा भेटिन्छन्


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उनको भनाइ छ ।

उनले युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताए ।

उनले एमालेमा आवद्ध युवाहरू यस्तो दुव्र्यसनीमा नरहेको समेत जिकिर गरे । उनले पार्टीको ११ औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद समेत ज्ञापन गरे।

उनले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।