काठमाडाैँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताएका छन् ।
बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताएका हुन् ।
प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताए । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभूवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरू नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनुपर्ने बताए ।
“आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो । नेपालको मात्र होइन विश्वको समृद्धिको साँचो हो । त्यहाँका र हाम्रा युवाहरूको हातमा छ । जसले हाम्रो प्रयोगशाला र कार्यशालाहरूलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राखेका छन् । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर पुग्दैन । त्रिभूवन विश्वविद्यालयमा हामीले देखेका छौँ, व्यवहारिक ज्ञान, विज्ञानका कुराहरू नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ,”उनले भने ।
मन्त्री पुनले अनुसन्धान केन्द्रहरू भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताए ।



प्रतिक्रिया दिनुहोस्