काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् ।
बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताएकी हुन्।
उनले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरे। राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन्। आफूहरू अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको बताइन्।
“हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्यौ भन्ने भाष्य आउँछ,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्