काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
आजको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।
आज अमेरिकी डलरको भाउ १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा छ । हिजो पनि सोही मूल्य थियो ।
यस्तै युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा छ ।
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
राष्ट्र बैँककाअनुसार युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६८ रुपैयाँ ६६ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्