काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेकाे स्रोतले जनाएको छ ।
भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबिच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्