प्रभु बैंकका सिइओ शेरचन २७ दिनपछि हाजिरी जमानीमा रिहा


काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अशोक शेरचन २७ दिनको हिरासतपछि हाजिरी जमानीमा रिहा भएका छन्।

विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो। शेरचनलाई बैंकिङ कसुरको आरोपमा मंसिर १४ गते पक्राउ गरिएको थियो।

उक्त अवधिमा स्वास्थ्य समस्या देखिएपछि उनी चीरायू अस्पतालमा उपचाररत थिए। हिरासतपछि रिहा भएपछि शेरचनले अब हाजिरी दिनुपर्नेछ।