कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्री अर्यालको निर्देशन


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरूले पनि जेनजी पुस्तालाई चुनौतीको रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।  

सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल