काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ७० हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २७० रूपैयाँले बढेर ४ हजार ८३५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्