आजका लागि विदेशी मुद्राको विनिमयदर, डलरकाे भाउ स्थिर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९० पैसा र बिक्रीदर १६९ रूपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ २५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ २५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४२ पैसा तय भएको छ ।

यस्तै युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रूपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४६७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रूपैयाँ ३० पैसा , बहराइन दिनार एकको खरिददर ३८० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रूपैयाँ ०५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रूपैयाँ २१ पैसा निर्धारण गरिएको राष्ट्र बैँकले जनाएको छ ।