पाँच महिनामा लघु जीवन बिमा कम्पनीले उठाए ४२ करोड २६ लाख बिमाशुल्क, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिरसम्म लघु जीवन बिमकले ४२ करोडभन्दा बढीको व्यापार गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले मङ्सिरसम्म २२ लाख ८ हजार ३९ ओटा बिमालेख जारी गरेर ४२ करोड २६ लाख ४९ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफको रहेको छ। यो कम्पनी ५ लाख २७ हजार १०२ ओटा बिमालेख जारी गरेर १५ करोड ४० लाख ३ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्ककलन गरेको छ।

यसैगरी गार्डियन माइक्रो लाइफले १३ लाख ८१ हजार १९७ ओटा बिमालेख जारी गरेर १४ करोड ७२ लाख ४९ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २ लाख ९९ हजार ७४० ओटा बिमालेख जारी गर्दै १२ करोड १३ लाख ९८ हजार रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।