काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ७६ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क सङ्कलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ३९ हजार १९५ ओटा बीमा पोलिसी बिक्री गरी ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ कुल बीमामाशुल्क सङ्कलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले २१ अर्ब ३७ कुल बीमाशुल्क सङ्कलन गरेको छ । नेसनल लाइफले ९ अर्ब २७ करोड रुपैयाँ, एलआइसी नेपालले ८ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेका छन् ।
त्यस्तै, हिमालयन लाइफले ६ अर्ब ९२ करोड, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ५७ करोड, सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड, सिटिजन लाइफले ३ अर्ब २३ करोड, एसियन लाइफले ३ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेका छन् ।
सानिमा रिलायन्स लाइफले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको छ । मेट लाइफले २ अर्ब ६३ करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको छ ।
रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ भने सन् नेपाल लाइफले १ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्