काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देशको राजनीतिक यात्राप्रति आशा व्यक्त गर्दै आफू नेपाल हाँसिरहेको देख्न चाहेको बताएका छन्। समसामयिक राजनीतिक घटनाक्रमसँग जोडिँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमतिपछि आएको हो। सहमतिमा काठमाडौँका मेयर शाहसहित दुवै दलका शीर्ष तहका नेताहरूको संलग्नता रहेको बताइएको छ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि सो समझदारी प्रक्रियामा सहभागी रहेका थिए।
राजनीतिक वृत्तमा यस सहकार्यलाई नयाँ शक्ति निर्माणतर्फको सङ्केतका रूपमा हेरिएको छ। यसअघि रास्वपा र मेयर शाहबिच भएको आन्तरिक सहमतिअनुसार आगामी निर्वाचनपछि शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने समझदारी भइसकेको जनाइएको थियो।



प्रतिक्रिया दिनुहोस्