आजका लागि विदेशी मुद्राको विनिमयदर तय, डलरकाे भाउ बढ्याे


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ । यो हिजोको तुलनामा बढी हो ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ र बिक्रीदर १६९ रुपियाँ ७० पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २४ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३६ पैसा तोकिएको छ ।

यस्तै चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा छ ।

यस्तै युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ छ ।

कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ १० पैसा र बिक्रीदर ४६९ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७३ पैसा छ ।