काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ७ हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७० हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ६२ हजार १०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य ३०५ रूपैयाँले घटेर ४ हजार ५९० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्