काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई ‘दुब्लाहरुको गठजोड’ भन्दै टिप्पणी गरेका छन् ।
मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई ‘सिंह’ को संज्ञा दिँदै भने, “कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर पनि सिंहलाई जित्न सक्दैनन्।” उनका अनुसार काँग्रेस वा एमाले जस्ता बलियो पार्टीसँग मुकाबिला गर्न दुब्लाहरुले एकता र सहकार्य गर्नुपरेको हो।
ओलीले भने, “लोकप्रियता र अलोकप्रियता, विवाद र भाष्यको व्यवस्थित जवाफ एमालेको महाधिवेशनले दिइसकेको छ। आगामी निर्वाचनले मात्रै कुन पार्टी लोकप्रिय छ भन्ने कुरा परीक्षण गर्नेछ। हामी चुनावको तयारीमा छौँ, फागुन २१ होस् वा वैशाख वा अर्को मंसीरमा, राष्ट्रिय फैसला गर्ने अवसरको लागि तयार छौँ।”
उनले थपे, “लोकतन्त्रले नै जीत्छ। खेलमा उत्कृष्ट खेलाडीले मात्र विजय हासिल गर्छ। अहिलेको अवस्था यस्तो छ कि दुब्लाहरु विशाल एमालेसँग भिड्ने हो भने, उनीहरूले जोसुकैले एकता र सहकार्यको कुरा गर्न बाध्य हुन्छन्।”



प्रतिक्रिया दिनुहोस्