काँग्रेस प्रवक्ता महतको आरोपः भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ मा जेन–जी आन्दोलनमाथि सरकारी रवैया गलत रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए ।उनले त्यस्ता अपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम ग¥यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे । 

प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए ।