काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा आज २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्