काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा ०.०४ प्रतिशतले घटेको हो । यो कर्जा घटेर ३ खर्ब ३६ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जामा ०.८२ प्रतिशतले कमी आएको थियो ।
कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड रूपैयाँ कर्जा पशुपालन/पशुबधशाला शीर्षकमा र सबभैन्दा कम सूर्तिमा २० करोड ६५ लाख रूपैेयाँ प्रवाह भएको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.७ प्रतिशत, मधेशको १८.७ प्रतिशत, बागमतीको ३६.२ प्रतिशत, गण्डकीको ७.१ प्रतिशत, लुम्बिनीको १५.० प्रतिशत, कणालीको १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
बंकै तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले बढेको छ ।
औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।
औद्योगिक कर्जामध्ये सबभैन्दा बढी गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।
औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ ।
औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५ प्िरतशत, मधेश प्रदेशको ७.५ प्रतिशत, बागमती प्रदशेको ७१.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुम्बिनी प्रदेशको ८.३ प्रतिशत, कर्णाली प्रदेशको ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६ प्रतिशत रहेको छ ।
यस्तै, २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरको कर्जा २०८१ असार मसान्तको तुलनामा ६.६ प्रतिशतले वृद्धि भई २१ खर्ब ८४ अर्ब ४ करोड रूपैयाँ पुगेको छ ।
गत वर्ष यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्येसेवा क्षेत्रमा प्रवाहित कर्जाकोअंश ३९.१ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७.३ प्रतिशत कर्जा प्रवाह भएको छ भने रियल स्टेट उपक्षेत्रमा १२.२ प्रतिशत, पर्यटन उपक्षेत्रमा ११.८ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११.३ प्रतिशत, शिक्षा उपक्षेत्रमा ६.६ प्रतिशत, यातायात, भण्डारण र सञ्चार उपक्षेत्रमा ३.७ प्रतिशत, अन्य सेवा उपक्षेत्रमा ३.७ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।



प्रतिक्रिया दिनुहोस्